`होस्टेल रिटर्न्स`ले देखायो आफ्नो पहिलो अनुहार

बैशाख २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘होस्टेल रिटन्स’ले कलेज क्यापियन शुरु गरेको छ । सफल निर्माताको ट्याग भिरी सकेका निर्माता सुनिल रावलले निर्माण गरेको पछिल्लो तथा बहु प्रतिक्षित यो चलचित्रको आजै एक कलेजको कार्यक्रममा अडियो गित समेत सार्वजानिक गरियो । विशेषत युवा पिढिलाई आफ्ना लक्षित वर्ग मान्ने गरेका सुनिलले यसपटकको होस्टल रिर्टन्सको पब्लिसिटीको टिप्स अरु निर्माताका लागि पनि हुने बताएका छन् ।

 

Capture
आज प्रज्ञा भवनमा गरिएको उक्त कार्यक्रममा चलचित्रका कलाकारहरु सुशिल श्रेष्ठ,शशी श्रेष्ठ,नाजिर हुसेन, सुधाम सिके,अभय बराल,स्वस्तिमा खड्का लगायतले लाईभ प्रस्तुती दिदै मनोरञ्जन दिलाएका थिए । दुर्गिस फिल्मसले निर्माण गरेको ‘होस्टेल रिटन्स’लाई सुरज भुसालले निर्देशन गरेका हुन् ।