कस्तो तयार होला ? सत्यराजको 'संविधान'

कोरीबाटी डट कमको पहिलो प्रस्तुतिमा शौर्य विक्रम थापाको निर्माण रहेको सर्ट फिल्म ‘संविधान’ आउने भएको छ । सत्यराज चौलागाईद्धारा निर्देशन गरिएको ‘संविधान’ मा राजकुमार खातीको लेखन अनि राम कुमार के।सीको छायांकन रहेको छ । टेकेन्द्र शाहबाट सम्पादन हुदै गरेको सो फिल्म माघ ५ गते तयार भई दर्शक माझ आइपुग्ने निर्माण पक्षले जानकारी गराएको छ ।

10934267_817990374929106_20
फिल्मले संविधानको महत्वको बारेमा केन्द्रित रही समय, राजनैतिक नेतृत्वको असक्षमता र आम नागरिकको भूमिकाको प्रसंगलाई केलाउने जमर्को गरेको कुरा यस फिल्मका निर्देशक सत्यराज चौलागाईले बताएका छन् । साथै कुनै एक व्यक्ति परिवर्तन भए पनि सामुहिक परिवर्तको अभावले देश परिवर्तन हुन नसकेको मार्मिक बिषय पनि फिल्मले उठाएको निर्देशक चौलागाईं बताउ छन् ।
आजभोलि सर्ट फिल्मले टेलिभिजन तथा इन्टरनेटमा राम्रो स्थान बनाइ रहेको अवस्थामा संविधान ले युटुब तथा इन्टरनेटमार्फत छोटो समयमा आम दर्शकलाई संविधानको महत्व र नागरिकको भूमिकाको सन्दर्भमा धेरै कुराहरु बताउने कोरीबाटीका प्रमुख प्रबन्ध निर्देशक तथा सो फिल्मका कलाकार सन्तोष कुमार थापाको दावी छ ।
उक्त फिल्ममा सन्तोष कुमार थापा, राजिब खत्री, राजकुमार खाती, कैलाश लामा र मेघा के सी को मुख्य भूमिका रहेको छ ।