तिन महिने सुधार केन्द्र बसाई पछि घर फर्किए हनी सिंह

भारतिय चर्चित र्यापर पछिल्लो समय तिन महिना यता कुलत छुटाउनका लागि सुधार केन्द्रमा बसेर फर्किएको खवर बाहिरिएको छ । भारतिय बिभिन्न अनलाईन माध्यमहरुका अनुसार हनि सिंहले आफ्नो गायक कलालाई वेवस्था गर्दै रक्सिमा मात्र लिन हुन पुगेपछि उनका शुभचिन्तकको सल्लाह अनुसार सुधार केन्द्रमा बसेको बताएका छन् ।

honey-sing-filmyzoom
पछिल्लो केहि समय अगाडी बेलायतको एक कार्यक्रममा जादा रक्सिको बोतलले आफ्नै टाउको फुटाएका यि गायकले केही दिन अगाडी सुधार केन्द्रबाट निस्के पछि अब कुलतलाई चटक्कै माया मार्ने प्रतिज्ञा गरेका छन् । “चार बोतल घोड्का नाम मेरो रोजका” बोलको चर्चित गितबाट हनी सिंह चर्चामा पुगेका थिए ।