को कति समझदार , रेखा कि छवि ?(गसिप)

रेखा थापा र छवि ओझाको ब्रेकअप भएको पनि लामो समय वितिसक्यो । यि दुवै जनाले आफ्नो प्रोफेससनलाई आफ्नै ढंगबाट चलाउन थालिसकेका पनि छन् । व्रेक अप पश्चात रेखाले ‘हिम्मतवालि’ र छविले ‘लज्जा’ प्रदर्शन गराएर आ आफ्नो प्रोफेसन क्षमता देखाईसकेका छन् । यि दुईमा एक आपसमा जे जस्तो ईगो भएता पनि कार्यक्षेत्र एउटै भएका कारण गरेक मोडमा दुईको टाउको जुध्नु कुनै नौलो कुरा भने होईन ।तथापी छविले गरेका हरेक कार्यक्रममा रेखाको उस्थितको आस गर्दथे उपस्थितहरु तर रेखाले छविको कुनै पनि कार्यक्रममा उपस्थिती देखाईनन् ।

chhabi-ojha

तर केही दिन अगाडी रेखा अभिनित ‘तथास्तु’ हेर्नका लागि निर्माता छवि ओझा भने हल सम्म पुगे । त्यस पछि छवि र रेखामा को समझदार भन्ने विषयमा चर्चा चल्न शुरु भएको छ । सविर श्रेष्ठ निर्देशित ‘तथास्तु’ हेर्नका लागि छवि जसको आग्रहमा भएपनि व्रेकअप पछाडी रेखाको अभिनय हेर्न पुगे । चर्चा परिचर्चा जे जसरी चले पनि माहोल अनुसार रेखा भन्दा छवि नै समझदार देखिए ।