फ्राईडे रिलिजः ‘तथास्तु’, ‘आभाष’ र ‘अलविदा’मा दर्शकको रोजाई कुन ?

फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । त्यसो त तीन वटै सिनेमा राम्रो चर्चामा रहिरहँदा हलमा एकसाथ आएकोले कुन अघी र कुन पछी हुन्छन भन्ने अड्कल काट्न सकिने अवस्था छैन् । जहाँ रेखा थापा स्टारर सिनेमा ‘तथास्तु’ समेत रिलिज भएको छ ।f r for zoom‘तथास्तु’ सँगै सुरेन्द्र पौडेलको निर्देशन रहेको सिनेमा ‘आभाष’ र लक्ष्मण रिजाल निर्देशित ‘अलविदा’ दर्शकमाझ आएका हुन् । ‘तथास्तु’मा सबिर श्रेष्ठको एक्शन कट छ । तीन वटा नै चर्चाका सिनेमा रिलिज हुँदा हल भने विभाजित भएका छन् । जहाँ जानकारीमा ए अनुसार ‘तथास्तु’ले केहि बढी हल पाएपनि अन्य दुई सिनेमाले लगभग बराबर जस्तो हल हात पारेका छन् ।

‘तथास्तु’

रेखा थापाको अभिनय समावेश यो सिनेमामा किशे खतिवडा, बिज्ञान जोशी र सुवास थापा लिड रोलमा छन् । सिनेमालाई महिला प्रधान भनिएको छ । यो सिनेमामा लगानी पनि निर्देशक सबिर स्वयंमको हो ।

‘आभाष’

पौडेलको डेब्यु निर्देशन रहेको यो सिनेमाले किशशोरावस्थाको प्रेम र रोमान्सको रमाईलो कहानी बोलेको छ । सिनेमालाई गोविन्द शाहीले निर्माण गरेका हुन् । सिनेमामा संयम पुरी, आश्मा डिसी, सलोन बस्नेत र सुनिल रावल लिड अभिनयमा छन् ।

‘अलविदा’

सम्भावना बोलेका युवा निर्देशकमा पर्ने रिजालको निर्देशन रहेको यो सिनेमामा आर्यन सिग्देल, हसन खान र अनिता आचार्य लिड रोलमा छन् । सिनेमाले हिन्दु र मुश्लिम समुदायका युवा युवतीबीचको प्रेम र त्यसले समुदायमा पार्ने प्रभावको कथा बोलेको छ । सिनेमामा हसन खानले लगानी गरेका छन् ।