निर्देशकबाट अभिनेत्रीलाई फेसबुकमै सेक्स प्रस्ताव !

नायिका तथा मोडल आयुषा राईले म्युजिक भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले आफुलाई
यौन प्रस्ताव राखेको आरोप लगाएकी छिन । फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आरोप लगाएकी
हुन् ।

फिल्म ‘बिर्खेलाई चिन्छस्’ बाट नायिकाको रुपमा डेब्यु भएकी आयुषालाई ३ महिनामा नेपालको टप हिरोइन बनाइदिने भन्दै फेसबुक म्यासेजमा र भेटमा ठाडो रुपमा यौन प्रस्ताव राखेको उनले स्टाटसमा लेखेकी छिन् । स्टाटस सहित उनले कोइरालाले आफुसंग च्याटिङ गरेको म्यासेज पनि सार्वजनिक गरेकी छिन् ।

शिशिरले यसभन्दा अगाडी पनि फेसबुक मार्फत धेरैलाई यौन प्रस्ताव राख्दै आएको बुझिएको छ । तथापी आफ्नै लाजले गर्दा पिडित मिडिया सामु आउन नमान्ने गरेको श्रोत बताउँछ । आयुषाको यो कदम अब दोश्रा मुनाल शिशिरहरुलाई रंगिन दुनियामा रमाईरहन दिन नहुने गतिलो जवाफ भएको बिश्लेषण सुरु भएको छ । फेसबुकमा केटी देख्ने वित्तिकै मोडल बन्ने हो ? भन्दै सेक्सको प्रस्ताव राख्ने गरेका अन्य केहि घटनाले पनि यसअघी पनि रंगिन माहोल गर्माउने गरेको थियो।