संयमको आशा र भरोसा बोकेको ‘आभाष’

samyam puri1पहिलो सिनेमा ‘सायद’ को सफलतासँगै युवा अभिनेता संयम पुरीको चर्चा तथा वाही-वाही सुरुमै माथी पुग्यो । तर त्यसको पश्चात उनको अभिनय समेटिएका जति जति सिनेमा प्रदर्शनमा आए प्रायः ती सबैले दर्शकलाई हलसम्म तान्न नसक्दा अहिले उनी अप्ठ्यारो अवस्थामा छन् । तर यो भन्दै गर्दा उनको अभिनय यात्रा रोकिने भन्ने चाहीँ होईन् ।

यो बीचमा पुण्टे अभिनेता संयमको अर्को सिनेमा प्रदर्शनको लागी रेडी छ । यो शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आभाष’मा उनी लिड कलाकारको रुपमा छन् । यो सिनेमाबाट उनले आफ्नो पुरामो क्रेज जिवितै राख्नको लागी धेरै आशा समेत बोकेका छन् । किनकी कलाकारहरु टिक्ने र बिक्ने भन्ने सम्पुर्ण कुरा उसको कामको सफलता र असफलताको वरीपरी नै घुमेको हुन्छ ।aavash1किशोरावस्थाको प्रेम र रोमान्स तथा पश्चातापको कथा बोल्ने ‘आभाष’मा संयमसँगै सलोन बस्नेत, आश्मा डिसी र निशा अधिकारी लिड रोलमा छन् । त्यसो त संयम मात्र होईन यी सबै कलाकारहरुको लागी सिनेमा चलोस भन्ने चाहना र आवश्यकता त आफ्नो ठाउँमा छ । अर्को तर्फ डेब्यु निर्देशक सुरेन्द्र पौडेलको लागी पनि सुरुमै सफलताको स्वाद चाख्नको लागी ‘आभाष’ हिट बन्नुपर्ने अवस्था छ । सिने नगरीमा पछिल्लो समय प्रदर्शनको मिति नजिकिँदै गर्दा चर्चा कमाएको यो सिनेमा चल्छ भन्ने अनुमान पनि धेरैको छ । तर यसको लागी धेरै दिन पर्खिनुपर्दैन । यो हप्ताबाट प्रदर्शनमा आउने यो सिनेमाको बिजनेश र सफलता अनि असफलता यसको केहि दिनमा नै पक्का थाहा हुनेछ ।