'लोग्ने मान्छे'ले फर्काउला दिलिप रायमाझीको क्रेज ?

दिलिप रायमाझी नेपाली सिनेमालाई नजिकबाट बुझ्ने जो कोहिको लागी पनि नयाँ नाम होईन् । कुनै समय राजेश हमाल, निखिल उप्रेती र दिलिप रायमाझी भनेपछी यी कलाकारहरुले अभिनय गरेको सिनेमा हेर्न हलमा दर्शकको घुईंचो लाग्थ्यो । अहिले यस्तो अवस्था छैन भन्दा पनि फरक नपर्ला । यी कलाकारका सिनेमा पनि फ्याट्ट फुट्ट रुपमा हलमा आउँदैछन र आएका पनि छन, तर दर्शकको नजरमा पुरानो क्रेजले सिनेमालाई सफलताको स्वाद चखाउन यिनीहरु असफल जस्तै छन् ।logne manchheयो बीचमा अभिनेता दिलिप रायमाझी अभिनित नयाँ सिनेमा लोग्ने मान्छे’ रिलिजको संघारमा छ । नेपाली सानो पर्दामा स्थापित नाम लय संग्रौलाले निर्देशन गरेको यो सिनेमामा मार्फत दिलिपलाई पुरानो क्रेज फर्काउने चुनौती पनि छ । सिनेमामा उनी अभिनेत्री नन्दिता केसीको अपोजिटमा श्रीमानको भुमिकामा छन भने दुई श्रीमतीको श्रीमानको रुपमा उनी प्रस्तुत भएको पनि अनुमान धेरैको छ ।

दिपिलको क्रेज यो सिनेमाले फर्काउला या नफर्काउला त्यो आफ्नो ठाउँमा छ, तर दिलिपको नाममा सिनेमा हेर्ने हलमा पुग्नेहरुको लागी यो एक अवसर पनि हुनेछ । र यो सिनेमाबाट दर्शकको मन जित्दै गर्दा उनका आगामी दिनमा आउने सिनेमाको लागी पनि सहज हुनेछ । जे होस, पुरानो दिलिप क्रेजका