चैत्रमा नीता ढुङ्गानाका तीन सिनेमा, कसले मार्ला बाजी ?

nita-dhungana1आफ्नो अभिनय रहेको सिनेमा प्रदर्शनमा आउँदा हरेक कलाकारलाई चलोस, अनि दर्शकको मन जितोस भन्ने चाहना त हुन्छ नै । तर यो सोच्दै गर्दा हलमा एकपछी अर्को गर्दै आफ्नै सिनेमा जुध्नेगरी प्रदर्शनमा आए भने त्यो कलाकारलाई पब्लिसिटीको लागी अफ्ठ्यारो त हुन्छ नै सँगसँगै सफलता र असफलताको चिन्ता पनि । अहिले यस्तै कुराको अल्झनमा पर्ने देखिएको छ अभिनेत्री नीता ढुंगानालाई ।

नीता नेपाली सिनेमा उद्योगकी पछिल्लो समयकी व्यस्त तथा उदयिमान अभिनेत्रीमा पर्छिन् । आकर्षक जीउडालकी धनी तथा दर्शकको मन छुने अभिनय गर्न माहिर नीताको आउँदो चैत्रमा लगातार तीन सिनेमा प्रदर्शनमा आउँदैछन् । चैत्रको सुरुवातीमा पहिलो हप्ता नै ६ गते उनको लिड अभिनय रहेको सिनेमा ‘धुन’ प्रदर्शनमा आउँदैछ ।

यो सिनेमाले पछिल्लो समय सार्वजनिक गीत लोकप्रिय बन्दै गर्दा चर्चा पनि बटुल्दै छ । सिनेमालाई कृष्ण पौडेलले निर्देशन गरेका छन् । त्यसको लगत्तै अर्को हप्ता नै चैत्र १३ मा उनको अर्को सिनेमा ‘भुलभुलैया’ को प्रदर्शन मिति तय भईसकेको छ । जुन सिनेमा पनि उत्कृष्ट बनेको भन्दै दर्शकले मन पराउनेमा विश्वस्त रहेको निर्देशम योगेश घिमिरे दावी गर्छन् ।jiwan nd neeta on dhoonयी दुई सिनेमा प्रदर्शनमा आएर एकपछी अर्को गर्दै भिड्दै गर्दा नै उनलाई मात्र होईन निर्माण टिमलाई नै अफ्ठ्यारो हुने त निश्चित छ । भने अर्को तर्फ नीता र जीवन नै लिड रोलमा रहेका सिनेमा लगातार आउँदा दर्शक झुक्किन सक्नेमा पनि विश्वेषण गर्न थालिएको छ । ‘धुन’ र ‘भुलभुलैया’मा नीता जीवन लुईँटेलको अपोजिटमा छिन् ।

यतीले मात्र नीताको चैत्र चटारो सकिने छैन् । नयाँ बर्षको उत्तरार्धमा चैत्र २७ गते पछिल्लो समयको चर्चामा रहेको सिनेमा ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शनमा आउने फाईनल भएको  छ । निर्देशक दिनेश डिसीले यसको पुष्टी गर्दै पब्लिसिटीलाई व्यापकता दिने रणनीति लिईसकेका छन् । ‘फुलैफुलको मौसम तिमीलाई’मा नीता आमेश भण्डारीसँग अनस्क्रिन रोमान्समा छिन् ।
nita nd amesh सुरुवाती हल्ला फैलाएपनि यी तीन वटै सिनेमाले आक्रामक पब्लिसिटी सुरु गरिसकेको अवस्था छैन् । र नीतालाई तीन मध्ये एक सिनेमाको बारेमा बोल्दै गर्दा अर्का दुई सिनेमा पनि हेरेर माया गरिदिनुहोला भन्ने वाक्य बोल्नै पर्ने बाध्यता हुनेछ ।जे होस, उनको अभिनय मन पराउने सबै सुभचिन्तकहरुको लागी  केहि न केहि हदसम्म उनको अभिनय समेटिएका सिनेमा चलुन भन्ने हो ।

त्यसैले ‘धुन’, ‘भुलभुलैया’ हुँदै ‘फूलैफूलको मौसम तिमीलाई’ सम्म रथ कुद्दा नीताको पक्षमा कतिम्म भिड क्रियट हुनेछ, त्यसले पक्का पनि उनको करियर अघी बढ्दै गर्दा केहि न केहि रुपमा लेखाजोखाको हेक्का राख्नेछ । यी तीन सिनेमामा कुन माथी रहला त्यो त चैत्रको विदाईसँगै थाहा पक्का हुनेछ ।