रेखाको ‘तथास्तु’ सबैले हेर्न पाउने !

shabir on tathastuनायिका रेखा थापा स्टारर सिनेमा ‘तथास्तु’सेन्सर बोर्डबाट युनिभर्सल बनेको छ । सिनेमाले सेन्सरबाट सबै वर्गमा दर्शकले हेर्न पाउने गरी ‘युनिभर्सल’ सर्टिफिकेट पाएक हो । सेन्सर बोर्ड सदस्यले सिनेमा हेरिसकेपछी सिनेमा युनिटलाई युनिभर्सल सर्टिफिकेट थमाएका थिए ।

सबिर श्रेष्ठको निर्माण तथा निर्देशन रहेको यो सिनेमालाई महिला प्रधान भनिएको छ । त्यसो त पछिल्लो समय प्रदर्शनमा आएका रेखा थापा अभिनित सिनेमा महिला प्रधान नै आएका छन् । सिनेमा सेन्सरक क्रममा नायिका रेखा पनि उपस्थित थिईन् । रेखाले सिनेमा उत्कृष्ट बनाएको भन्दै सबिर श्रेष्ठलाई बधाई र सुभकामना समेत दिईन् ।

यो सिनेमामा रेखासँगै किशोर खतिवडा, बिज्ञान जोशी र सुवास थापा लिड रोलमा छन् । सिनेमा यही पौष २५ गतेबाट प्रदर्शनको क्रममा छ । सिनेमाको कथा जगदीश्वर थापाको हो । बाबु श्रेष्ठले खिचेक सिनेमामा बसन्त सापकोटाको संगीत छ ।tathastu sencer certificate