मलिना र रिश्मा थरुनी बन्दा दयाहाङको भुमिका के ?

पुर्व मिस नेपाल मलिना जोशी पछिल्लो समय सिनेमामा जम्ने सोचमा छिन् । सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘ऋतु’ मार्फत पहिलो पटक दर्शकमाझ सिनेमाको पर्दामा देखिएकी मलिना अब सिनेमामा खास अभिनेत्रीको छाप छाड्ने सोचका साथ लागिरहेको श्रोत बताउँछ । यसैबीच मलिना लिड रोलमा अभिनयमा देखिन लागेको नयाँ सिनेमा ‘झुम्की’ को आधिकारिक निर्माण घोषणा हुँदा उनी सो सिनेमामा पश्चिम नेपालकी थारु युवतीको भुमिकामा देखिन लागेको खुलेको हो ।malina, daya and reshma on jhumkiयो सिनेमालाई मलिनाको पहिलो सिनेमा ‘ऋतु’का निर्माता अपिल बिष्टले निर्देशन गर्दैछन् । अपिलको पनि  यो डेब्यु निर्देशन हो । सिनेमा ‘झुम्की’मा मलिनासँगै सफल सिनेमा कबड्डीको अभिनयले चर्चा बटुलेकी रिश्मा गुरुङ पनि लिड रोलमा थरुनी युवतीकै भुमिकामा हुनेछिन् । यो सिनेमाको लागी यी दुईसँगै दयाहाङ राई, मनोज आरसी, प्रमोद अग्रहरीको नि लिड अभिनय रहने निर्माण पक्षले जानकारी गराएको छ । मनोज निलम्बित प्रहरीको भुमिकामा देखिँदा दयाहाङ कुन भुमिकामा रहन्छन खुलाईएको छैन् ।

यो सिनेमाले १२ बर्षसम्म चलेको सशस्त्र द्वन्द्व र त्यसले थारु समुदायमा पारेको प्रभावको अवस्था बोल्नेछ । द्वन्द्व सकिएको लामो समयपछी सम्म पनि त्यसको घाउ धेरै ठाउँमा आलो नै रहिरहँदाको प्रभावका कुरा सिनेमामा समेटिने निर्देशक बिष्ट बताउँछन् । सिनेमामा बिजय बिराट बिष्टको लगानी रहनेछ  । ‘झुम्की’को कथा भने रामबाबु गुरूङको  हो ।