दोहोरो प्रेममा नीता (भिडियो)

nita-dhungana1चैत्र १३ मा रिलिजको मिति तय गरिएको सिनेमा ‘भुलभुलेया’को सांगितिक प्रोमो सार्वजनिक गरिएको छ । युट्युवमा सार।वजनिक गरिएको ४१ सेकेण्ड लामो  ‘माया गर्छौ’ बोलको गीतमा मुख्य कलाकार अभिनेता जीवन लुईंटेल, अभिनेत्री नीता ढुंगाना र सोहित मानन्धरबीचको त्रिकोणात्मक प्रेम भावलाई बुझ्न सकिन्छ । सिनेमामा योगेश घिमिरेको निर्देशन छ ।

सार्वजनिक गीतको प्रोमोमा स्वप्निक बरालको शब्द तथा बसन्त सापकोटाको संगीत समावेश छ । गीतमा स्वर भने गायिका रजिना रिमालले दिएकी छिन् ।  प्रेम कथा बोल्ने यो सिनेमाले केहि हप्ता पहिले ‘झ्याप्पै’ बोलको गीत सार्वजनिक गर्दै प्रचार प्रसारको यात्रा सुरु गरेको थियो ।

भिडियो हेर्नुहोसः