अकेशाको यादले कसलाई तड्पाउँदै छ ? (भिडियो)

akesha bistaकेहि दिन पहिले एक कार्यक्रमका बीच एल्वम सार्वजनिक गरेका गायक मोहन राईको दास्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । उर्गेन लामाको शब्द, संगीतमा रहेको ‘मेरो मनमा के को हुरी चल्दैछ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।  भिडियोमा अकेशा बिष्ट र एलेन गुरुङ फिचरिङमा छन् ।

सार्वजनिक  गीतको बारेमा बोल्दै गायक मोहन राईले यो गीत मेलोडी लव संङ भएकाले दर्शकहरुले मन पराउनेमा आफु विश्वस्त रहेको बताए । म्युजिक भिडियोलाई सुरज सिंह ठकुरीले निर्देशन गरेका हुन् । शिवराम श्रेष्ठले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । सार्वजनिक भएको गीत एल्बम ‘साम्योङ’मा समावेश रहेको छ ।

भिडियो हेर्नुहोसः