‘हाउ फन्नी’ सुटिङ ईन्डक्ल्याप

चलचित्र ‘हाउ फन्नी’को छायाँकन सकिएको छ । गत मंसिर २० बाट छायाँकन सुरु भएको यो सिनेमाको २५ दिनपछी आफतवार ईन्ड क्ल्याप भएको हो । तर चलचित्रमा समावेश तीन गीत भने छायाँकन हुन बाँकी रहेको निर्माण युनिटले बताएको छ ।how funnyyअन्तिम दिनको छायंकनमा दयाहाङ राई, प्रियंका कार्की , केकी अधिकारी ले टेक दिएका थिए । चलचित्रमा प्रियंका र केकीलाई जासुसको भूमिकामा देख्न सकिन्छ । फिल्मको छायांकन काठमाण्डौ र थानकोटमा गरिएको छ । यसै फिल्मबाट कार्यकारी निर्मात्रीको रुपमा नेपाली सिने उद्योगमा प्रवेश गरेकी पुर्व मिस नेपाल माल्भिका सुब्बाले सुटिङ सकिएसँगै टिमवर्क मिल्दा काम गर्न निकै सजिलो भएको बताइन् ।how funny3

चलचित्रमा अनुप विक्रम शाही, निशा अधिकारी र शिशिर राणा पनि लिड रोलमा छन् । चलचित्रमा निर्देशक समेत रहेकी निलु डोल्मा शेर्पाको कथा रहेको छ । चलचित्रलाई हरी हुमागाईंले खिचेका हुन् ।how funny