गायक शिव परियारले प्रेमीकालाई के गरे ? (भिडियो)

siva pariyar‘म त मर्छु क्यारे’को अपार सफलतापछि संगीतकार नीम संगीतले पुन: अर्को गीत लिएर आएका छन् । शिव परियारको स्वरमा ‘तिमीलाई यि नयनमा’ बोलको यस गीतमा भास्कर काजीका शब्द रहेका छन् भने नीम संगीतको संगीत संयोजन र संगीत रहेको छ । य गीतको भिडियो सार्वजनिक भएको छ ।

नीमले संगीत भरेको ‘अमेर प्रेम’ नामक एल्बममा रहेको ‘म त मर्छु क्यारे, तिमी धेरै बर्ष बाँच’ बोलको गीत सुगम संगीतको इतिहासमा अमिट छाप बनेर रहिरहेको छ । यसै क्रममा नीमकै एकल संगीतमा फेरी अर्को एल्बम थपिएको छ ‘अमर प्रेम -२ (प्रेमको हत्यारा)’ । माथी उल्लेखित शिव परियारको स्वरमा रहेको गीत यसै एल्बममा समावेश छ ।

यस पछि प्रमोद खरेलको स्वरमा रहेको ‘प्रेमको हत्यारा’ बोलको गीत पनि सार्वजनिक हुने तयारीमा रहेको संगीतकार नीमले बताए । ‘अमर प्रेम -२ (प्रेमको हत्यारा)’ लाई अमर प्रेम म्यूजिकले बजारमा ल्याएको हो । सिन्चुरी सुरेश घमालको निर्देशन रहेको ‘तिमीलाई यि नयनमा’मा बिक्रम, पदम, अक्शिका र बिनिताको अभिनय रहेको छ ।

गीत हेर्नुहोसः