बिहे पश्चात हमालको प्रोडक्शन चालु !

rajesh hamal1महानायक राजेश हमाल बेला मौकामा ठट्टा पनि गर्छन भने ‘सिरियस’ पनि उत्तिकै हुन्छ । धेरै पहिलेदेखी उनले सिनेमा निर्देशन गर्ने भन्ने चर्चा थियो । तर बिस्तारै चर्चा कम भयो, तर ५० को दशक पार गरेका हमालले कहिलेबाट सिनेमा निर्माण / निर्देशनमा हात हाल्छन भन्ने टुंगो लागेको छैन् । यसैक्रममा सोमवार उनी एक सिनेमा प्रोडक्शन हाउसको घोषणा सभामा उपस्थित हुँदा सञ्चारकर्मीलाई समाचार मात्र होईन, गसिप पनि दिनेगरी देखिए !

अभिनेत्री नम्रता श्रेष्ठको निजी प्रोडक्शन हाउसको उद्घाटनमा आएका हमाललाई सञ्चारकर्मीहरुले तपाईंले सिनेमा निर्देशन गर्ने कुरा कहाँ पुग्यो अनि प्रोडक्शनमा कहिले लाग्नु हुन्छ ? भन्ने प्रश्न गर्दा ठट्यौली पारामा उनले विवाह पश्चात आफ्नो प्रोडक्शन चालु रहेको जवाफ दिए । हमालले यो जवाफ दिँदा कार्यक्रम स्थल नै हाँसोले गुञ्जयमान भयो ।

सञ्चारकर्मीको प्रश्नमा हमालले भर्खर बिहे गरेकोले प्रोडक्शन त भईरहेकै छ भन्ने जवाफ फर्काएका थिए । यो जवाफले सुननेहरुलाई भने द्वेत अर्थ लगाउन बाध्य बनायो । केहि महिना पहिले बिहे गरेका हमाल सन्तानको चाहानामा अघी बढेका रहेछन कि भन्ने धेरैको तर्क रह्यो । तर उनले प्रोडक्शन भन्दै सिनेमा निर्माणको तयारी भित्र भित्रै गरेका हुन कि परिवारमा नयाँ सदस्यको लागी कदम अगाडी बढाएका हुन् त्यो बिस्तारै खुल्नेछ । तर यो कुराले पनि बजारमा राम्रै चर्चा पाउने पक्का छ ।