‘मिस नर्स’मा ४५ जनाबीच अन्तिम प्रतिस्पर्धा हुने

‘नेक्स्ट मोडल्स नेपाल’ र स्वास्थ्य खबरपत्रिकाको सह–कार्य  रहेको सौन्दर्य प्रतियोगीता ‘मिस नर्स नेपाल २०७१’ मा  ४५ जना नर्सहरुवीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । देशभरीका ४५० प्रतिस्पर्धीलाई उछिनेर ४५ अन्तिम प्रतियोगिताका लागी छानिएका हुन् ।

miss nurseनर्सिङ पेशामा आवद्ध युवतिहरुलाई समाजप्रति उत्तरदायी र पेशाप्रति थप जिम्मेवार बनाउने उद्देश्यका साथ आयोजित यो रतियोगितामा  अत्याधुनिक प्रशिक्षण सञ्चालन भइरहेको आयोजकको दावी छ । युनिक्याम्पस स्टडि यन अष्ट्रेलियाले प्रायोजन गरेको यसपटकको प्रतियोगीतामा कोरियोग्रार्फर रोजिन शाक्यले विभिन्न प्रशिक्षण दिइरहेका छन् ।

स्टेज प्रस्तुतिकरणलाई आधारित प्रशिक्षण मानि जित मात्र नभएर जितलाई कायम राख्ने र व्यवस्थापन गर्न समेत आफुले सिकाईरहेको प्रशिक्षक शाक्यले बताए । प्रशिक्षणका क्रममा पेशा व्यवस्थापन, करियर काउन्सिलिङ सि.पि.आर महिला शसक्तिकरण उद्घोषण लगाएतका विभिन्न तालिम पनि दिइने आयोजक नेक्स्ट मोडल्स्का रवि धमलाले बताए । प्रतियोगीताको बिजेता र उप बिजेताले ताज सहित विभिन्न उपहार प्राप्त गर्नेछन् । प्रतियोगीहरुबीच १९ पुसमा फाइनल स्पर्धा हुनेछ ।