मनोज महतो ‘मिश्रण’ लिएर श्रोतामाझ

नवोदित गायक मनोज महतोको एकल सांगितिक एल्बम ‘मिश्रण’ बजारमा आएको छ । राजधानीमा सोमवार आयोजित एक कर्यक्रमका बीच चर्चित गायक राजेशपायल राई, संगीतकार बसन्त सापकोटा, लक्ष्मण शेष, महेश खड्का; बिमोचन गरे । गायनमा रुची हुँदाको दिनदेखी राईलाई आदर्श गायक मानेका मनोजले राईके हातबाट आफ्नो पहिलो एल्बम बिमोचन गराए ।manoj mahato singerकार्यक्रममा मनोजले ब्रेन ट्युमरको उपचार गरेर घरैमा आराम गरिरहेका पत्रकार तथा गीतकार सूर्यचन्द्र क्षेत्रीलाई दश हजार रुपैंया आथिर्क सहयोग गरेका थिए । उनले उक्त रकम बराबरको चेक आफ्ना आदर्श मानेका गायक राजेश पायल राईको हातबाट संगीतकार लक्ष्मण शेषलाई हस्तान्तरण गराएका थिए ।

कार्यक्रममा एल्बम बोचन पश्चात बोल्दै प्रमुख अतिथी समेत रहेका गायक राजेश पायलले पहिलो एल्बमको लागी मनोजलाई बधाई दिदै सफलताको सुभकामना बोले । साथै उनले एक, दुई एल्बम निकाल्नु र लामोसमयसम्म टिकिरहनु फरक पाटो भन्दै स्थापित कलाकारको रुपमा चिन्ने दिन आओस भन्ने कामना समेत मनोजको नाममा गरे ।

२०५९ सालमा मैथिली गीत गाएर सांगीतिक करियर शुरु गरेका महतोले ‘जंगल लभ’, ‘मेरो मान्छे’ र ‘थुक्क साला जिन्दगी’लगायतका चलचित्रमा पनि पाश्र्व गायन गरेका छन् ।

‘चोली ल्याउछु’, ‘नक्कली रैछौ’, ‘के सोचेको’, ‘तिमी मेरो’, ‘अप्ठ्यारो बाटो’, ‘तिम्रो जवानीको’ र ‘स्वर्ग भन्दा सुन्दर’ बोलका गीत छन् । जुन गीतहरुमा गीतमा साजन शाह, लेखु सहयात्री, कुमार विवाहित, शितल कादिम्बीनी, अर्जुन अन्यौल र बजरंग तिवारीको शब्द छ भने साजन शाह, बसन्त सापकोटा, राज सागर र मनोजको पनि संगीत समावेश छ । कार्यक्रममा ४ वटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।