दोस्रो एल्वमको तयारीमा निशा

घर परिवारमा कसैको सर्पोट नभए पनि आफ्नो इच्छा शक्ति र दृढ संकल्पले यति वेला निशा लिम्वुको परिचय वदलिएको छ । उनी गायिकाको रुपमा अहिले परिचित छन् । उनले पहिलो एल्वम ‘राम नवमी मेला’को सफलता पछि दोस्रो एल्वम ल्याउने तयारीमा जुटेकी छन् । राम नवमी मेलाका गीतहरु पूर्वमा निक्कै मनपाराइएको थियो ।

unnamed (1)

दोस्रो एल्वमको नाम भने जुराइ नसकेकी उनी गीतहरुको रेकडिङमा व्यस्त छिन यतिवेला । उनले दोस्रो एल्वमा पाँच वटा गीत समावेश गर्ने सोचाइ राखेकी छिन् । आधुनिक र पप गीतहरु समवेश गरिएको गीतहरुमा विकास चौधरीको संगीत रहेको छ भने विवि थापाका शब्दहरु रहेका छन् । त्यसो त केही चलचित्र र कलेक्सन एल्वमहरुमा पनि उनको स्वर सुन्न पाइन्छ ।