कृष्टि कौशलको म्युजिक भिडियो तयार

बाल्य अवस्थादेखि गीत गुनगुनाउन लागेका केदार मल्लले आफ्नो पहिलो एल्बम कृष्टि कौशल लिएर आउँदैछन् । उनको यस एल्वमको भिडियो पनि तयार भएको छ । उनको यस एल्वम गीतकार तथा सङ्गीतकार रहेका केदार मल्लको कृष्टिमा चारवटा गीत समावेश गरिएको छ । दीपक घिमिरेको निर्देशन रहेको म्यूजिक भिडियोमा सुरुची लामिछाने, कृष्ण खड्का र रमण बुढाको अभिनय रहेको छ ।

kedar-malla

एल्बममा सेन्टिमेन्टल, रोमान्टिक गीतहरु समावेश रहेका छन् । राजेशपायल राई, बीपी वाग्ले, नित्याशिवाको आवाजमा कृष्टि कौशल बजारमा आउँदैछ ।विभिन्न गीतहरुमा राम्रो सङ्गीत भर्न खप्पिस उनको शब्द र सङ्गीत श्रोताले मन पाराउनेमा उनी आशावादी रहेका छन् ।