पुनर्जन्ममा आर्यन र सुस्मिताको यस्तो प्रेम भाव (भिडियो)

फागुन २२ लाई प्रदर्शनको मिति तय गरेको सिनेमा ‘पुनर्जन्म’को नयाँ गीत रिलिज भएको छ । सिनेमाको सार्वजनिक गीतमा अभिनेता आर।यन सिग्देल र अभिनेत्री सुस्मिता शाही फिचरिङमा छन् । सार्वजनिक ‘पिरो पिरो…’ बोलको यो गीतमा संगीत बसन्त सापकोटाको छ ।

यो गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । जहाँ मिलन अमात्य र प्रल्हाद तिमिल्सिनाले स्वर भरेका छन् । मोहनकृष्ण श्रेष्ठको लगानी रहेको सिनेमामा आर्यन र सुस्मितासँगै केकी अधिकारी लिड रोलमा छन् । सिनेमालाई साजन श्रेष्ठले निर्देशन गरेका हुन् ।purnjanma poster nepali movie 2