राजेशपायलले मनिषालाई 'क्या ब्युटी' भनेपछी….

शनिवार राजधानीको ड्रिम्स स्टुडियोमा चर्चित गाायक राजेशपायल राई अर्की गायिका मनिषा पोखरेललाई ‘आज त क्या ब्युटी भा की छ्यौ’.. भन्दै गर्दा भेटिए । राजेशले यस्तो भन्दा मनिषा पनि लजाउँदै उनलाई साथ दिँदै थिईन् । तर यो कुरा यथार्थ भने थिएन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीको नयाँ सिनेमा ‘लालजोडी’को सांगीतिक कार्य सुभारम्भसँगै सोही सिनेमाको गीत रेकर्डिङको क्रममा यो जोडी भेटिएको थियो ।rajesh payal,a laxman, manisha and tanka laljodiसुवेदीको निजी कम्पनि ‘दिलाशा क्रियशन’को व्यानरमा निर्माण हुन लागेको यो सिनेमाको गीत रेकर्डिङको कार्य सुरु भएको हो । सिनेमामा टंक बुढाथोकीले संगीत दिएका छन् । राजेश र मनिषाले गाएको उल्लेखिर दिनेश सुवेदीले लेखेका हुन् । सिनेमाको कथा आफुले नै सिनेमा निर्माण तथा निर्देशन गर्न लागेका सुवेदीले नै लेखेका हुन् । rajesh payal and manisha on laljodiनिर्देशकसँगै निर्माताको पनि परिचय स्थापित गर्दै गरेका सुवेदी अहिले सिनेमा ‘लालजोडी’को लागी कलाकार चयनमा व्यस्त छन् । सिनेमाको छायाँकनको काम १९ माघबाट सुरु हुने जानकारीमा आएको छ ।