पौष १८ मा सिनेमा हलमा ‘उधूम’ !

हिरो बन्न गरिने संघर्षको कथा बोलेको सिनेमा ‘उधूम’ आउँदो पौष १८ बाट दर्शकमाझ आउने भएको छ । सिनेमाका निर्माता तथा प्रस्तुतकर्ता कृष्णश्री काफ्लेले फिल्मीजुमलाई दिएको जानकारी अनुसार यो सिनेमा पौष १८ मा दर्शकमाझ आउने पक्कापक्की भएको छ । सिनेमामा पुर्णतः मोफसलका दृश्यहरु समावेश छन् ।udhum nepali filmकाठमाडौं मात्र होईन मोफसलमा पनि सिनेमामा समेटिने सुन्दर ठाउँहरु छन, भन्ने कुर चिनाउन सिनेमा पुर्णतः बाहिरी जिल्लामा नै खीचिएको निर्माता काफ्ले बताउँछन् । सिनेमामा अधिकांश दृश्य पश्चिम नेपालको गुल्मीमा खिचिएको छ भने केहि दृश्य बुटवलका पनि समावेश छन् ।

दर्शकसम्म आउन लागो सिनेमा आफ्नो नजरमा धेरै उत्कृष्ट बनेको भन्दै अब सबै जिम्मा दर्शकको हातमा रहेको निर्माता काफ्लेले बताए । यो सिनेमामा कथा तथा निर्देशन गिरिश रिजालको छ । ‘उधूम’मा तिलक केसी, अपस्ना थापा, कमल खनाल, रेश्मा सुनार, ईन्द्रलाल खड्गी, कांसिना पन्थी लगायतका कलाकारहरुको अभिनय छ । त्यसो त यो सिनेमामा कलाकारहरु प्रायः सबै नयाँ नाम हुन् ।

बिबेक थापाको नृत्य रहेको सिनेमामा संगीत कैलाश गुरुङको भने एक्शन गोपाल परियारको छ । सिनेमामालाई हरि न्यौपाने र बिनोद चौधरीले खिचेका हुन् ।