‘रिलोडेड मिसन पैसा’ र ‘प्रवास’ रिलिज डेट कन्फर्म !

mission-paisa-reloaded-and-prawas-nepali-movieमाधव वाग्ले र नरेन्द्र महर्जन र सिमोस सुनुवारको लगानी रहेको सिनेमा ‘रिलोडेड मिसन पैसा’ र राजेश वंशलले निर्माण गरेको सिनेमा ‘प्रवास’को रिलिज डेट फाईनल भएको छ । जानकारीमा आएअनुसार यी दुई सिनेमा क्रमशः फागुन १५ र अर्को बर्षको दशैंको फुलपातीमा प्रदर्शनमा आउने बताईएको छ ।

‘रिलोडेड मिसन पैसा’मा सिमोसको नै निर्देशन छ । एक्शन थ्रीलर जनराको यो सिनेमामा निशा अधिकारी, रेश मरहठ्ठा , आमिर गौतम , शिशिर राणा , हर्षिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । सिनेमा ‘अझै पनि’सँग कै सिनेमा नि नझुध्ने जस्तो चर्चा भएर ‘पुनर्जन्म’ले मिति सारे पनि यो सिनेमा भने सोहि डेटमा आउने बताईएको छ । तपाई किन त्यहि डेटमा भन्ने प्रश्नमा नरेन्द्र भन्छन ‘अझै पनि सिनेमा नि एफडी कै हो , हामी कुनै न कुनै डेटमा जुध्नै पर्छ तर हामी हल मिलायर एक अर्कालाई असर नपर्ने गरि रिलिज गर्छौ ।’ उनले सिनेमाको लागि डेट कुर्दा अझ धेरै पछि जाने भएकाले सोहि डेट रोजिएको समेत खुलाए ।

त्यस्तै नारायण रायमाझीको निर्देशन रहेको सिनेमा ‘प्रवास’ दशैंमा रिलिज पक्का भएको निर्माण युनिट बताउँछ । यो सिनेमामा नरे खड्का, रजनी केसी, राजु बजाज लगायतको लिड अभिनय छ । सिनेमाले विदेशिने युवाको कथा बोल्छ । सिनेमामा अधिकांश दृश्य ग्रामिण भेगमा खिचिएको छ ।