खिचेर सकियो पर्दामा आउने 'रामकुमारी'को कथा !

एमाले युवा नेतृ रामकुमारी झाँक्रीको जीवन कहानी समेटिएको भनिएको सिनेमा ‘रामकुमारी’को सुटिङ ईन्डक्ल्याय भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै नेतृ रामकुमारी स्वयमको उपस्थितीमा सिनेमामा समेट्नु पर्ने दृश्य उनकै वास्तविक जीवनीमा आधारित पुस्तक ‘कथा रामकुमारी’को समिक्षा समारोहको अन्तिम सट लिँदै सिनेमाको ईन्डक्ल्याप भएको घोषणा गरियो ।ramkumariकार्यक्रममा बोल्दै रामकुमारीले ‘गणतन्त्रको नाराको पक्षमा आफु एक्लै जाँदा पार्टिले स्विकार  नगरेको तथा पछी आफ्नो बाटोमा लागेको स्मरण गराउँदै आफ्नो जीवनको पाटोलाई नै सिनेमाले समेटेकोमा खुसी व्यक्त गरिन ।’ त्यस्तै उनले सिनेमाले महिला सशक्तिकरणको पक्षमा आवाज पनि उठाउने दावी गरिन् ।

सिनेमामा सुर्यद्विप रेग्मीको निर्देशन छ । सुदिन प्रसाईंको लगानी रहेको सिनेमामा सुर्यदिप रेग्मीकै लेखन छ भने रामकुमारीको भुमिकामा सारिका घिमिरे प्रस्तुत हुँदैछिन् । सिनेमामा उनीसँगै विना थापा, भिमन गुरुङ र मेलिना कुँवर लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

‘शुभ सिनेमाज प्राली’को व्यानरमा निर्माण भएको यो सिनेमामा रुषा श्रेष्ठको नृत्य निर्देशन रहेको छ भने यम आलेले सिनेमालाई खिचेका हुन् । सिनेमामा संगीत विकाश चौधरीको छ ।