'जन्मभुमी’ फस्र्ट लुक सार्वजनिक

मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीको फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । जन्भुमी को पोस्टर मा निस्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, बाल कलाकार सौगात बिस्ट नव कलाकार अग्रीम गिरि तथा निर्देशक मोहन निरौला देख्न सकिन्छ । साथै एस पोस्टर मा प्रसस्तै आन्दोलित भीड का साथै महिलाले हलो जोतेको दृश्य पनि देखाइएको छ ।

janmavumi
खासगरी सामाजिक कथामा केन्द्रित जन्मभुमीमा राष्ट्रप्रेम झल्काइएको चलचित्र बताईएको छ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्रले बोलेको छ । चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको निर्देशक मोहन निरौलाले वताए ।
चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । चलचित्रमा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।

अम्बिका गिरीको प्रस्तुति चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर चलचित्र रिलिज गरिनेछ ।