कविता सुनाउन जीवनको 'मुड अफ' बन्दा…

jiwan-luitel-1पछिल्लो समय प्रदर्शनमा आएका केहि सिनेमाले हावा खाएपछी अभिनेता जीवन लुईंटेल अहिले अफ्ठ्यारोमा छन् । यो बर्ष प्रदर्शनमा आएका उनी अभिनित सिनेमा ‘शिशा’, ‘ठुली’, ‘स्टुपिड मन’ले दर्शकमाझ राम्रो छाप छाड्न नसकेपछी उनको मनमा चिसो पसेको त छ नै, यो बर्ष नै रिलिज मिति तय गरेका अन्य सिनेमालाई दर्शकको नजरमा पार्न चुनौती जस्तै बनेको छ ।

तर उनको अभिनय रहेका सिनेमा नचल्दैमा जीवनको क्यारियरमा ठुलै धक्का पुग्ने भन्ने चाहीँ होईन् । तर कुनै कलाकारले त्यो माथी नाम चलेको अभिनेताको सिनेमा नचल्नुको पछाडी केहि न केहि घाटा त पक्का हुन्छ । यो बीचमा विहिवार राजधानीमा उनको अभिनय रहेको सिनेमा ‘भुलभुलैया’ले अडियो लञ्च गर्नको एक कार्यक्रमको आयोजना गरेको थियो । जहाँ जीवन अन्य कार्यक्रममा भन्दा छोटो बोले र फरक बोले ।

‘कवि अभिनेता’को रुपमा परिचित जीवनलाई कविता सुनाउन भन्दै उद्घोषकले उस्काउन खोजेपनि ‘पोडियम’मा पुगेका उनले अनि कविता सुनाउन त कता कता ढिला खबर भएको भए पनि हतारमा आएँ भन्दै थोरै बोलेर नै धन्यवाद भनेर फर्के । र उनले मन्त्व्यमा भने, ‘भुलभुलैया’मा मैले अन्य सिनेमामा भन्दा फरक केहि पनि गरेको छैन, मात्र अन्य सिनेमामा जस्तै गरेको काममा घिउ, तेल र मसला थप्ने काम भएको छ ।’ जहाँ जीवनको कवितामा मुस्कुराउने चाहना राखेका निर्देशक योगेश घिमिरे अनि अन्य उपस्थित व्याक्तित्व तथा सञ्चारकर्मीको अनुमानलाई पनि उनले फेल खुवाए ।

धेरै बोल्नु भन्दा सिनेमा हेर्न दर्शकलाई हलसम्म लैजानु भन्ने कुरा ठुलो लागेर यसो भनेका हुनसक्छन जीवनले । तर अर्को कुरा यो सिनेमा रिलिजमा पनि निर्माता, निर्देशक मात्र होईन उनलाई नै गार्हो पर्ने निश्चित छ । किनकी यो सिनेमा आउनु भन्दा अघिल्लो हप्ता उनको नै अभिनय रहेको अर्को सिनेमा ‘धुन’ रिलिज हुँदैछ । पछिल्लो समय सार्वजनिक गीतले राम्रै चर्चा कमाउँदै गरेको यो सिनेमालाई दर्शकले मन पराउँदा या नपराउँदा पक्का पनि त्यसको एक हप्तामा नै आउने अर्क सिनेमामा धक्का पुग्ने छ । जहाँ दर्शक झूक्किने मात्र होईन, दुवै सिनेमा युनिटलाई बिजनेश धक्का पनि लाग्ने देखिन्छ ।

जे होस, नाम चलेको कलाकारको सिनेमा चल्नुपर्छ भन्ने धेरैको मान्यता हो, त्यसैले जीवनको अभिनय रहेका र रिलिज मिति तय गरेका अन्य सिनेमा पनि चलुन भन्ने हो । त्यसैले एकपछी अर्को गर्दै चैत्र ६ र १३ मा लगातार प्रदर्शन हुन लागेका उनी अभिनित दुई सिनेमा क्रमशः ‘धुन’‘भुलभुलैया’ले दर्शकको राम्रो साथ पाउन शुभकामना छ । (गसिप)