दर्शकमाझ आयो ८ बर्षे निर्देशकको 'लभ यु बाबा'

फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली सिनेमा दर्शकमाझ आएका छन् । पछिल्लो समय चर्चामा रहेको आठ बर्षे निर्देशक सौगात बिष्टको सिनेमा ‘लभ यु बाबा’ र पुरन थापा निर्देशित सिनेमा ‘कान्छी मट्याङ ट्याङ’ प्रदर्शनमा आएका हुन् ।love you baba‘लभ यु बाबा’ आमाको अभाव महसुस हुन नदिन बाबुले छोरीलाई गर्ने माया तथा रेखदेखको कहानी समेटेको सिनेमा हो । यो सिनेमा पारिवारिक कथामा आधारित छ । सिनेमामा गजित बिष्ट, संगम बिष्ट, निश्मा घिमिरे, निर्मल शर्मा लिड रोलमा छन् । गजित बिष्टको कथामा तयार यो सिनेमामा गम्भिर बिष्टको पटकथा तथा संवाद समावेश छ ।

त्यस्तै सिनेमा ‘कान्छी ट्याङ ट्याङ’मा निर्देशक थापाको कथा रहेको छ । त्यसो त यो सिनेमामा लगानी पनि पुरनले नै गरेका छन् । दिलाशा क्रियशनको ब्यानरमा तयार यो सिनेमामा जयकिशन बस्नेत र सारिका केसी लिड रोलमा छन् । सिनेमा कमेडी जनरामा आधारित छ ।

kanchhi-in3