दर्शक हँसाउने र रुवाउने ८ बर्षे निर्देशकको ‘लभ यु बाबा’

saugat bistaआठ बर्षे वालकले सिनेमा निर्देशन गरे भन्ने खबर सुन्दा धेरैलाई आश्चर्य लाग्छ नै । तर अब आश्चर्य मान्नुपर्दैन किनकी, विश्व रेकर्डको नजिक रहेका नेपाली ८ बर्षे निर्देशक सौगात बिष्टको निर्देशन रहेको सिनेमा ‘लभ यू बाबा’ भोली अर्थात शुक्रवारबाट प्रदर्शनको तयारीमा छ ।

सिनेमा रिलिजको पुर्व छेकोमा बुधवार यो सिनेमाको ‘बिशेष सो’ सम्पन्न भयो । धेरैको कौतुहलताको बिषय रहेको ८ बर्षे निर्देशकको काम हेर्न हलमा सिनेकर्मी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती थियो । सिनेमा हेर्दा सिनेमाले समेटेको कथा अनि प्रस्तुती र कलाकारको कामले सबैको मन छोएको प्रतिक्रिया आएको छ । सिनेमा हेर्दै गर्दा धेरैको आँखा रसाए ।

धर्तीमा पाईला चाल्दैको क्षणबाट नै आफ्नो आमालाई गुमाएकी छोरीलाई आमाको अभाव खड्किन नदिन बाबुले गरेको प्रयास तथा माया र स्नेह समेटेको यो सिनेमालाई पर्दामा उतार्न निर्देशकले गरेको कामको सबैले प्रशंसा गरेका थिए । दर्शकको मन र आँखा कतै नघुमाउनको लागी पर्दामा कहिँ कतै हाँसो र रोदन समेटेको सिनेमाले जो कोहीको पनि मन छुने देखिन्छ ।gajit with love you baba teamवाल कलाकार संगम बिष्टको अनि गजित बिष्टको अभिनयले दर्शकको आंशु थामिनसक्नु देखिएको थियो । ८ बर्षे निर्देशकको कमाल सँगै उनको दिदी संगमको अभिनयले पनि धेरैलाई आश्चर्यचकित बनाएको छ । सिनेमामा गजित र संगमसँगै निर्मल शर्मा, अशिष्मा नकर्मी, निश्मा घिमिरे लिड रोलमा छन् भने सञ्चारकर्मी सुब्रत आचार्य र अभिनेत्री अनु शाह अतिथी रोलमा देखिएका छन् ।

सिनेमा हेरिसकेपछी सेलिब्रेटी बनेका बाल निर्देशक सौगातलाई प्रशंसा र तारिफ गर्ने तथा उनीसँग फोटो खिच्नेहरुको भीड लागेको थियो । दर्शकले उनको काम हेर्न अब पर्खिन पर्दैन, किनकी शुक्रवारबाट सौगातको काम हेर्न सिनेमा हलमा पुग्दा सबै थाहा हुनेछ । सिनेमामा कथा गजित बिष्टको तथा पटकथा तथा संवाद गम्भिर बिष्टको छ ।love you baba1

sangam and saugat