'अधकट्टी’ अष्ट्रेलिया प्रिमियर मिति तय

सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देसन रहेको सिनेमा ‘अधकट्टी’को अष्ट्रेलिया प्रिमियरको मिति तय भएको छ । अष्ट्रेलियन निर्माता अर्चना थापाले दिएको जानकारी अनुसार यो सिनेमा अष्ट्रेलियामा आउँदो फेब्रुवरी १ तारिखको दिन पहिलो पटक प्रिमियर हुने भएको हो ।adhkatti aus premiere फेब्रुअरी १ मा सिड्नी स्थित ईभेन्ट सिनेमाज हर्स्टभिल्लामा हुने प्रिमियर साँझ ६ बजे हुनेछ । यो सिनेमाको अन्य विभिन्न देशमा पनि प्रिमियरको तयारी भईरहे पनि मिति फाईनल भईसकेको प्रस्तुतकर्ता प्रदिपकुमार उदयले बताए । युवा पुस्ताको प्रेम, रोमान्ससहितको कथालाई बोलेको यो सिनेमा गीत संगीतको कारण चर्चामा छ ।

‘अधकट्टी’मा रिस्ता बस्नेत, विल्शनविक्रम राई, नम्रता श्रेष्ठ, अशिष्मा नकर्मी, प्रदिप बास्तोला, गौरव पहारी, गजित बिष्ट लगायतको अभिनय समेटिएको छ । सिनेमाको कथा निर्देशक आचार्यको नै हो ।