चलचित्र निर्माता खतिवडाको निधन

narayan khatiwadaचलचित्र निर्माता नारायण खतिवडाको निधन भएको छ । राजधानी स्थित होटल हार्दिकमा उनी मृत भेटिएका थिए । ‘भेटी’, ‘लफडा’ सिनेमा बनाएका उनी अहिले पोस्टप्रोडक्शनमा रहेको सिनेमा ‘मेरो मान्छे’का पनि निर्माता थिए ।

खतिवडाको निधन किन र के कारणले भयो भन्ने पुष्टी भएको छैन् । उनको शव अहिले महाराजगंज स्थित टिचिङ हस्पिटलमा राखिएको छ । उनी हृदयघातका बिरामी थिए । चितवने निर्माता खतिवडा अर्को नयाँ सिनेमाको निर्माणमा पनि जुट्दै थिए । तर त्यो सपना पुरा नभई यो संसारबाट विदा भए ।

उनको शव पोष्टमार्टमपछी श्रद्धाञ्जलीको लागी काठमाडौंमा राखिने कि चितवन लैजाने भन्ने निर्णय आएको छैन् । जानकारीमा आए अनुसार उनको शव चितवन लैजाने तयारी हुँदैछ । उनको शव होटलको १०३ नं कोठामा मृत भेटिएको हो ।