यस्तो छ, प्रेम भाव पस्किने 'भुल भुलैया' संगीत (अडियो)

bhul bhulaiyaचैत्र १३ लाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘भुलभुलैया’को  अडियो एल्वम सार्वजनिक गरिएको छ । प्रेम कथामा आधारित यो सिनेमाको सार्वजनिक अडियो एल्वममा समावेश सबै गीतमा प्रेम भाव झल्किन्छ ।

सिनेमाको सार्वजनिक अडियो एल्वममा ४ गीत समावेश छन् । जहाँ ‘माया राम्रो डबल सिम’ बोलको गीतमा प्रल्हाद तिमिल्सिना र मल्लिका कार्की, ‘झ्याप्पै’ बोलको गीतमा प्रल्हाद तिमिल्सिना र मिलन अमात्य त्यस्तै ‘माया गर्छु’ बोलको गीतमा रजिना रिमाल र ‘माया गर्छु’ कै ‘मेल’ भर्सनमा प्रल्हाद तिमिल्सिनाको स्वर समावेश छ ।

योगेश घिमिरेको निर्देशन रहेको यो सिनेमामा जीवन लुईँटेल, नीता ढुङ्गाना र सोहित मानन्धर लिड रोलमा छन् । आरुष ईन्टरटेनमेन्टको ब्यानरमा तयार यो सिनेमामा दिनेश पोखरेलको लगानी छ ।

गीत यहाँ सुन्नुहोसः

यस्तै ‘झ्याप्पै’ बोलको गीतको भने भिडियो सार्वजनिक गरिएको छ ।

यहाँ हेर्नुहोसः