निर्माता र चलचित्र संघको निर्णय बिरुद्ध कानुनी उपचारको धम्की ( विज्ञप्तीसहित)

चलचित्र निर्माताको हितमा भन्दै दुई दिन पहिले चलचित्र क्षेत्रका दुई व्यवसायिक संगठन निर्माता संघ र चलचित्र संघबीचको सम्झौताको बिरोध सुरु भएको छ । सम्झौताको दिनदेखी नै खासखास खुसखुस रुपमा बिरोध सुरु भएको पाईएपनि माओवादी निकट चलचित्रकर्मीहरुले औपचारिक रुपमा नै यो सम्झौताको बिरोध गरेका छन् ।  अखिल नेपाल चलचित्रकर्मी संघको वुधवार बसेको बैठकले यो सम्झौता चलचित्रकर्मीको हित विपरित भन्दै यसको बिरुद्धमा कानुनी उपचार समेत खोज्ने निर्णग गरेको छ ।

बैठक पश्चात संघका अध्यक्ष केपि पाठकद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपाली चलचित्रको निर्माण र व्यापारलाई व्यवस्थित गर्ने नाममा भएको ११ बुँदे सम्झौता पत्रमा समावेश १,२,३,४ र ७ नं बुँदा नेपालको अन्तरिम संविधान अनुसारको स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्न पाउने अधिकारलाई प्रतिकुल असर पारेको तथा ‘चलचित्र निर्माण वितरण र प्रदर्शन ऐन २०३६’ तथा ‘चलचित्र निर्माण वितरण र प्रदर्शन नियमावली २०५७’ विपरित रहेको ठहर गरेको छ, भनिएको छ ।

निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौतापत्रका उल्लेखित बुँदामा दुबै संस्थाको सदस्यता बिना सिनेमा निर्माण तथा प्रदर्शन गर्न नपाउने तथा नियम तोडेको पाईएमा कारवाही हुने उल्लेख छ ।

बिज्ञप्तीको पुर्ण पाठ यस्तो छः

akhil chalchitra karmi news