गजित भन्छन, 'गाडी नै हो जीन्दगी' ! (भिडियो)

love-you-baba-inप्रदर्शनको मिति नजिकिँदै गर्दा सिनेमा ‘लभ यु बाबा’ अहिले चर्चामा छ । एक त विश्वकै कम उमेरको दाबी गरिएका ८ बर्षे निर्देशक सौगात बिष्टको ‘एक्शन कट’ अनि यस सिनेमाको सार्वजनिक ट्रेलर र गीतसघतीको बलियो छाप सिनेमा चर्चाको कारक हो । यो बीचमा मंगलवार राजधानीमा गरिएको ‘च्यारिटी सो’मा दर्शक रुवाएको भनिएको सिनेमा युनिटले बुधवार विशेष सो को आयोजना गरिरहँदा सिनेमामा समावेश अर्को गीत पनि रिलिज गरिएको छ । सार्वजनिक ‘गाडी नै हो जीन्दगी’ बोलको गीतमा सब्द, संगी तथा स्वर प्रदिप बास्तोलाको छ ।

सन्दिप कार्कीले म्युजिक एरेन्ज गरेको सिनेमामा कोरियोग्राफी गम्भिर बिष्टको छ । त्यसो त सिनेमामा संवाद तथा पटकथा पनि गम्भिरले नै लेखेका हुन् । सार्वजनिक गीतमा गजित बिष्ट र संगम बिष्ट फिचरिङमा छन् । सिनेमामा यी दुईसँगै निश्मा घिमिरे, अशिष्मा नकर्मी लगायतको अभिनय छ । सम्झना पोखरेल र रोशनी बज्राचार्यले निर्माण गरेको सिनेमा मंसिर २६ बाट दर्शकमाझ आउँदैछ ।भिडियोः

love you baba