सौरमलाई चोखो माया गर्न आग्रह गर्दै अकेशा (भिडियो)

सिनेमा ‘जीन्दगी रक्स’को नयाँ गीत रिलिज गरिएको छ । पौष १८ लाई प्रदर्शन मिति तय गरेको यो सिनेमाको सार्वजनिक ‘चोखो माया’ बोलको गीतमा डेब्यु अभिनेत्री अकेशा बिष्ट र सौरमराज तुलाधर फिचरिङमा छन् ।

कमल खत्री र श्रेया सेताङको स्वर रहेको यो गीतमा शब्द तथा संगीत पनि कमको नै हो । गीतमा हरि हुमागाईंको निर्देशन छ । सिनेमालाई भने निकेश खड्काले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनको लामो अनुभवपछी निकेश पहिलो पटक सिनेमा निर्देशनमा उत्रेका हुन् ।

zindagi-rocks-in