‘विरासत’सँगै संगीत क्षेत्रमा कन्काईष्टको पुनरागमन

birasat coverसंगीत क्षेत्रबाट हराएका जस्तै भएका गायक कन्काईष्ट राई ९ बर्षपछी पुनः संगीत क्षेत्रमा उदायका छन् । मंगलवार आयोजित एक कार्यक्रममा उनको तेस्रो गीती एल्बम ‘विरासत’ सार्वजनिक गरियो । एल्बम सार्वजनिक गर्दै बरिष्ठ गायक दीप श्रेष्ठले गायक राईलाई अब उपरान्त संगीत क्षेत्रमा यतिको लामो समयसम्म बिश्राम नलिन आग्रह गरे ।

‘भी रेकर्ड्स प्रा लि’ ले बजारमा ल्याएको ‘विरासत’ मा ५ गीत समावेश छन् । ‘तिमीले माया लाउँदा’, ‘माछीलाई उतिबेलै’ , ‘एउटा जीवन’, ‘पल पल यो जिन्दगी’, ‘ईलामको डाँडा’ बोलका गीतमा भुपाल राई, राजन राई , महेन्द्र राई , रमेश बहादुर थापा , पुष्प नाथ शर्मा लगायतको शब्द समावेश छ । कन्काईष्टको एकल स्वर रहेको ‘विरासत’मा समावेश गीतहरुमा राजनराज शिवाकोटी , डाक्टर किरात र स्वयम् गायक कन्काईष्टले संगीत भरेका छन् ।birasat music albumeकार्यक्रममा बोल्दै अर्का गीतकार भुपाल राईले कन्काईष्टलाई विरासत को शुभकामना दिए । ‘कन्काईष्ट प्रतिभावान छ तर उसलाई यस क्षेत्रमा निरन्तर लागिरहने हौसला मिडियाले दिनु पर्छ’ भुपालले पनि आग्रह गरे ।

कार्यक्रममा तिमीले माया लाउदा बोलको गीतको भिडियो पनि देखाइएको थियो । सार्वजनिक नभई सकेको यस भिडियोमा गम्भीर बिष्ट र निष्मा घिमिरेको अभिनय रहेको छ भने यसलाई सञ्चारकर्मी सुरज सिंह ठकुरीले निर्देशन गरेका हुन् । भिडियो छिट्टै नै दर्शकमाझ आउने जानकारी गराईएको छ ।