'माई प्रमिश'मा आफ्नै बाट ठगिएकी चेलीको कथा

suraj nd rajkumarभनिन्छ, २१ औं सताब्दीमा आउँदा सोधा र सोझो गर्नेको जमाना छैन रे, तर यसको गलत अर्थ नभई कि टाँठो बाठो र चनाखो नहुने हो भने समाजमा दैनिक दिनचर्या कटाउन नै मुश्किल छ भन्ने हो । यस्तै विषय सोझो र सिधा बन्दा दलालीको फन्दामा परेकी चेलीको कथा अब सिनेमाको पर्दामा आउँदै छ । नेपाली समाजबाट सिंगापुरमा पुर्याएर बेचिएकी चेलीको कथामा तयार सिनेमा ‘माई प्रमिश’ रिलिजको तयारीमा छ ।

सिनेमाको युनिटले सोमवार राजधानीमा पत्रकार भेटघाट आयोजना गरी सिनेमा प्रदर्शनको लागी अन्तिम तयारीमा रहेको जानकारी गरायो । सिनेमाको निर्माता, निर्देशक तथा केहि कलाकारको उपस्थिती रहेको कार्यक्रममा निर्माता संघ अध्यक्ष राजकुमार राई लगायतले सिनेमाको सफलताको लागी सुभकामना दिए । कार्यक्रममा अभिनेत्री केकी अधिकारी भने उपस्थित थिईनन् ।my promise press meetसुरज सुब्बा नाल्बोको एक्शन कट रहेको सिनेमामा केकी अधिकारी, विल्शन विक्रम राई, रमेश चन्द्र राई, नरकुमार लिम्बु, अनुराग कुँवर, मार्टिन खान लगायतको अभिनय छ । सिनेमा पौष १८ बाट दर्शकमाझ आउँदै छ ।