निर्माता संघ र चलचित्र संघको सदस्यता विना चलचित्र निर्माण र प्रदर्शन गर्न नपाईने

rajkumar nd nakimनेपाली चलचित्र क्षेत्रलाई व्यवसायिक, मर्यादित, व्यवस्थित तथा सम्बृद्ध बनाउने उद्देश्यका साथ नेपाली चलचोत्र उद्योगमा सक्रिय संस्था चलचित्र निर्माता संघ र चलचित्र संघबीच चलचित्र क्षेत्रको श्रीबृद्धी र हितको पक्षमा ११ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चलचित्र संघको सभाहलमा भएको कार्यक्रममा सञ्चारकर्मी तथा चलचित्र उद्योगमा केहि दिग्गज व्याक्तित्वहरुको उपस्थितामा दुई संस्थाका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

निर्माता संघको तर्फबाट अध्यक्ष राजकुमार राई तथा चलचित्र संघको तर्फबाट अध्यक्ष नकिम उद्धिनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा चलचित्र निर्माण गर्न निर्माता संघको सदस्यता अनिवार्य हुनुपर्नेदेखी प्रदर्शनको लागी चलचित्र संघको सदस्यता तथा चलचित्र दर्ता अनिवार्य रहेको उल्लेख छ । त्यस्तै चलचित्र संघको सदस्य रहेको निर्माताको सिनेमा मात्रै वितरकहरुले प्रदर्शनमा दिनु पर्ने उल्लेख छ ।rajkumar rai nd nakimसम्झौता पत्रमा दुबै संस्थाला दर्ता नभई निर्माण हुने जुनकुनै सिनेमा पनि प्रदर्शन गर्न नदिने भनिएको छ भने यो नियम मिचेर प्रदर्शनको लागी बाटो खुलाउने वितरकलाई संघले आवश्यक कारवाही गर्ने उल्लेख छ । जसमा निर्माता संघले समर्थन गर्नेछ भनिएको छ । त्यस्तै यसअघी विभिन्न समयमा यी दुई संस्थावीच भएका सहमति कार्यानवयनको लागी दुबै पक्षबाट ३/३ जनाको कार्यदल बनाउने समेत सम्झौता भएको छ ।

भने सम्झौता पत्रमा निर्माता तथा वितरकहरुले आफ्नो चलचित्र प्रदर्शनक लागी प्रदर्शकहरुलाई दवाव दिएको पाईएमा त्यस्ता चलचित्रलाई देशैभर प्रदर्शनमा रोक लगाउने भनिएको छ भने चलचित्र प्रदर्शन समाप्तीको १५ दिन भित्र प्रदर्शकले हरहिसाव फरफारक गर्नुपर्ने तथा यो नगर्नेलाई चलचित्र प्रदर्शनमा रोक लगाउने पनि उल्लेख छ ।

११ बुँदा लामो यो सम्झौता यही मंसिर २८ पछी मात्रै लागु हुने बताईएको छ । जहाँ सम्झौतामा शर्तहरु दुबै समघले पालना गर्ने समेत कबुल दुबै संघमा अध्यक्षले गरेका छन् ।

सम्झौता कार्यक्रमको लागी चलचित्र संघका पुर्व अध्यक्ष राजकुमार पोखरेल, पुर्व महासचिव प्रदिपकुमार उदय र चलचित्र विकास वोर्ड सदस्य सुरेशदर्पण पोखरेलले खास भुमिका खेलेको बताईएको छ । कार्यक्रममा उपस्थित सबैले सिने उद्योगको पक्षमा भएको यो कदमलाई स्वागत गर्दै अक्षरंश पालना भएमा मात्र अर्थोपुर्ण हुने प्रतिक्रिया दिए ।