भद्रकाली पुग्दा सञ्चितालाई के 'आरोप' लाग्यो ?

aaropपारिवारिक कारणले गर्दा केहि समय अभिनयबाट टाढा बसेकी अभिनेत्री सञ्चिता लुईंटेल अब भने पुनः अभिनयमा जम्ने सुरमा छिन् । पछिल्लो पटक सिनेमा ‘नाई नभन्नु ल ३’मा अभिनय गरेकी सञ्चिता सोमवार मुहर्त भएको सिनेमा ‘आरोप’मा लिड रोलमा अभिनय गर्दैछिन् । सिनेमाको लागी मुहर्त समारोह भद्रकाली मन्दिरमा नै सञ्चिताले अभिनेता किशोर खतिवडासँग एक ‘सट’ समेत दिईन्  ।

सञ्चारकर्मी लक्ष्मण सुवेदीको निजी कम्पनि ‘दिलाशा क्रियशन’को व्यानरमा तयार हुन लागेको सिनेमाको कथा, पटकथा र संवाद पनि लक्ष्मणको नै हो । सिनेमामा युवा पुस्ताको जीवनको प्रेम, रोमान्स र रोदनको पक्ष समेटिने छ । अमर ओलीको ‘एक्शन कट’ रहने यो सिनेमामा लगानी  दिनेश पाठक र विजय सापकाटाले गरेका छन् । निर्देशक अमरले यसअघि धर्तीपुत्र र ‘वे टु इन्जुरी’बाट निर्देशनको अनुभव संगलािसकेका छन् ।kishor and sanchita o aaropकाठमाडौं, चितवन र नवलपरासी लगायतका ठाउँका दृश्य समेटिने सिनेमामा छायाँकन विरेन्द्र भट्टको रहने छ छ । ‘आरोप’मा सञ्चिता र किशोरसँगै सुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा, राजन गहतराज, उद्धव गिरी, दिपीका ढकाल, भुमेश्वर भट्टराई लगायतका कलाकारहरुको अभिनय रहने छ । यो सिनेमाको औपचारिक रुपमा सुटिङ भने मंसिर २३ अर्थात मंगलवारदेखी नवलपरासीबाट हुनेछ ।द्वन्द्व निर्देशन सानुकुमार महर्जनको रहने सिनेमामा संगीत बिकास चौधरी र गणेश चौधरीले भर्नेछन् ।kishor nd sanchita