वितरकको नजरमा ‘नाईके’ फ्लप !

गएको शुक्रवार आउनु भन्दा पहिला नेपाली सिन बृत्तमा एउटा ठुलै चर्चा थियो, आर्यन सिग्देलको पहिलो एक्शन सिनेमा ‘नाईके’ले के गर्ला, दर्शकलाई हलसम्म तान्न सक्ला कि नसक्ला भनेर । योसँगै वक्सअफिस कलेक्शनमा पनि केहिको गतिलो आशा थियो भने कसैले यो सिनेमाको आयु तोक्दै हिँडेको पनि पाईएको थियो । अन्ततः शुक्रवार आएर दिन कट्दै आज सोमवार आउँदा सिनेमाको हुईम क्लियर भयो, दर्शकलाई हलमा तान्न सिनेमा असफल भएको कुराले ।naikeवितरक गोपाल कायस्थको नजरमा सिनेमाले ‘फ्लप’को ट्याग भिरिसकेको छ । हलमा सिनेमा आएको ४ दिनमा नै फ्लप भन्न मिल्छ त भन्ने प्रश्नमा वितरक कायस्थले ‘शुक्रवार पनि हलमा राम्रो बिजनेश गर्न नसकेको सिनेमा हेर्द विदाको दिन शनिवार पनि दर्शकको चाम नदेखिनु अनि आईतवार सिनेमा हलमा झनै सन्नटा छाउनुले सिनेमा फ्लपको सुचीमा परेको सुनाए ।

उनका अनुसार सिनेमाको लगानी उठ्नु त कता वितरकले लगानी गरेको रकम समेत उठ्ने अवस्था समेत छैन् । ‘नाईके’ हेरिसक्दा निर्देशकदेखी कलाकारसम्मको काम तारिफ योग्य नै छ, तर प्रचार प्रसार कम हुनु अनि धेरै निर्माता रहेकोले कसले के गर्ने, र कसो गर्ने भन्नेमा अलमलमा पर्नु नै सिनेमाको लागी घाटा भयो, निर्माण युनिटको कमजोरीले नै राम्रो बनेको सिनेमाले पनि दर्शकलाई पत्याउने आधार तय गर्न सकेन् ।

नाईके अभिनेता आर्यन सिग्देलको पहिलो एक्शन प्रधान सिनेमा हो । सिनेमामा उनको काम पनि तारिफयोग्य रहेको कायस्थले बताए । नेत्र गुरुङको निर्देशन रहेको सिनेमामा आर्यन र सुर्विना कार्की लिड रोलमा छन् । सिनेमामा सबै पोखरेली टिमको लगानी छ । त्यसो त सिनेमाको अधिकांश दृश्य पोखरामा नै छिचिएको हो ।