सिनेमाको पर्दामा आउँदै रामकुमारी झाँक्री !

एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीको जीवन सघर्षको विषयमा तयार हुँदै गरेको सिनेमा ‘रामकुमारी’को छायाँकन अन्तिम चरणमा पुगेको छ । करिब करिब सुटिङ सकिने क्रममा रहेको यो सिनेमालाई काठमाडौं तथा पश्चिम नेपालको गुल्मी जिल्लामा खिचिएको हो ।Ramkumari film सिनेमा पुर्णतः नेतृ झाँक्रीको जीवन कहानीमा बन्ने भनेर सुरुमा परचार गरिएपनि अहिले आएर भने यसले सम्पुर्ण रुपमा उनको जीवन पद्धतीको प्रतिनिधित्व नगर्ने बताईएको छ । तर जे होस सिनेमाले युवा पुस्ताको अनि संघर्ष गर्दै गर्दाको अवस्थाको कथा बोल्नेछ ।

सुर्यदिप रेग्मीको लेखन तथा निर्देशन रहेको रामकुमारीमा सारिका घिमिरे, विना थापा, भिमन गुरुङ र मेलिना कुँवर लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । सिनेमामा विकाश चौधरीको संगीत छ । ‘शुभ सिनेमाज प्राली’को व्यानरमा निर्माण भएको यो सिनेमामा रुषा श्रेष्ठको नृत्य निर्देशन रहेको छ भने यम आलेको छायाँकन छ ।