कसलाई लाग्यो शुष्मालाई डोली चढाई लैजाने रहर (भिडियो)

sushma and mahendraअभिनेत्री शुष्मा कार्कीलाई कसैले डोलि चढाई अनि घुम्टो ओढाई लैजाने बचन दिएको छ । मोडल महेन्द्र गौतमले घुम्टो ओढाई लैजाने बचनबद्धता गरेपछी शुष्मा पनि मख्ख अनि छक्क छिन् । तर यो कुरा यथार्थमा भने होईन, गायक गायिका बिरही कार्की र सरिता कार्कीको स्वर रहेको एक गीतमा यी र यस्तै संवाद तथा लयमा महेन्द्र र शुष्माको गन्थन देख्न सकिन्छ ।

अरुण गौतमको प्रस्तुतीमा दर्शक तथा श्रोतामाझ आएको ‘जुनकिरी’ एल्वममा समावेश यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ । यो गीतको नृत्य निर्देशन शंकर बिसीले गरेका छन् । प्रविण रेश्मीमगरले सम्पादन गरेको गीतको भिडियोमा छायाँकन राजेश घिमिरेको छ ।

भिडियोः