‘डि कम्पनी’ पौष ४ बाट दर्शकमाझ, सिनेमाको प्रचार प्रसार तिब्र

सिनेमा ‘डि कम्पनी’ पौष ४ बाट दर्शकमाझ आउँदैछ । मोफसलको टिम बुटवलका सिनेकर्मीको निर्माण निर्देशन रहेको यो सिनेमाले सामाजिक पृष्ठभुमीको कहानी समेटेको छ । सिनेमाको नाम आफैमा पनि कुनै एक संस्था विशेष सँग जोडिएको जस्तो लाग्ने भएकोले पनि नेपाली समाज अनि यहाँ भित्रका युवा पिँढीको कहानीलाई सिनेमाको विषयबस्तु बनाईएको सहजै अनुमान लगाउन सकिन्छ ।d company1कृष्ण श्रेष्ठले निर्माण गरेको सिनेमामा मनोज श्रेष्ठको एक्शन कट समावेश छ । यो सिनेमामा अनुष्का शर्मा, महेन्द्र यादव र प्रकाश गौतम लिड रोलमा छन् । यसअघी सिनेमा ‘शान’मा काम गरेर अभिनयको अनुभव सँगालेकी अनुष्का यो सिनेमा मार्फत अभिनेत्रीको खास छाप छाड्ने दावी गर्छिन् । त्यस्तै सिने नगरीमा नै स्थापिल कलाकारको रुपमा परिचित हुने उद्देश्य वोकेका अभिनेता यादव पनि सोखको लागी मात्र यो क्षेत्रमा नआएको भन्दै दर्शकको साथ र माया पाउँदै गर्दा भोलीको दिनमा पनि अन्त कतै बाटो नमोड्ने बताउँछन् ।d companyमास ईन्टरटटेन्मेन्टको व्यानरमा तयार सिनेमाको अहिले पब्लिसिटीको काम व्यापक रुपमा भईरहेको निर्माता श्रेष्ठ बताउँछन् । सिनेमाको सम्पुर्ण टिम नै वुटवलबाट काठमाडौंमा छौं, केहि दिनमा नै सिनेमाको बारेमा प्रचार तथा हलको अवस्था बुझ्न पुर्वी नेपालको भ्रमणमा निस्किने तयारीमा छौ श्रेष्ठले भने ।

यो सिनेमाले यसअघी नै सेन्सर वोर्डबाट युनिभर्शल सर्टिफिकेट पाईसकेको छ । केहि दृश्य र संवादको कैचीको बाबजुत सिनेमाले ‘यु’ सर्टिफिकेट पाएको थियो । जसले पनि सिनेमा ‘डि कम्पनी’ पारिवारिक सिनेमा रहेको अनुमान लगाउन सकिन्छ ।