लभ गर्न पनि दुश्मनलाई जित्नुपर्ने रहेछः आमेश

aamesh2युवा अवस्था सबै भन्दा बढी जोश र जाँगर निस्किने अनि हरेक कुरा गर्न मन जाने अवस्था हो । यो समयमा नयाँ काम गर्न तथा नयाँ सफलता चाख्न कसको मन हौसिन्न र । यो यसरी नै, सुरुमा संगीत तथा गायनमा सक्रिय रहने सोचका साथ अघी बढेका गायक, संगीतकार तथा म्युजिक निर्देशक आमेश भण्डारीको परिचयमा अहिले अभिनेता पनि थपिएको छ । उनका अनुसार अब उनी सिनेमाको अभिनेताको रुपमा नै आफ्नो परिचय स्थापित गराउन चाहन्छन् ।

पछिल्लो केहि बर्षयता सांगीतिक क्षेत्रमा सक्रिय आमेश अहिले आएर भने सिनेमाको अभिनेता बनिसकेका छन् । सिनेमाको लागी नै भनेर पहिलो पटक केहि समय अगाडी सिनेमा ‘ईश्वर’को एक ‘सट’मा देखिएका उनी त्यसपछी सिनेमा ‘अध्याय’मा सपोर्टिङ रोलमा काम गरे र त्यसपछीको समयमा मनमनै सिनेमाको हिरो बन्ने अभिलाशा बोकेर अघी बढे र प्रदर्शनको क्रममा रहेको ‘सिनेमा’ ‘तँ म र उ’मा पनि उनले सपोर्टिङ रोलमा काम गरिसकेका छन् भने छायाँकनको अन्तिम चरणमा रहेक सिनेमा ‘फूलैफूलको मौसम तिमीलाई’ मा उनी लिड अभिनेताका रुपमा काम गरेका छन् ।

पछिल्लो केहि बर्षयता सिनेमाको पर्दामा जम्ने सोचका साथ अघी बढेका आमेश सिनेमा लाईनमा आउनको लागी निर्देशक दिनेश डिसीलाई आफ्नो अभिभावक सम्झिन्छन् । किनकी डिसीले नै उनलाई विश्वास गरेर आफ्नो व्याक्तिगत प्रोडक्शन हाउसको तर्फबाट बन्दै गरेको तथा निर्देशन रहेको सिनेमा ‘फूलैफूलको मौसम तिमीलाई’मा आमेशलाई विश्वास गरेर लिड रोल प्रदान गरे । ‘तँ म र उ’मा काम गर्दा नै म मा केहि संभावना देखेर नै होला दिनेश दाईले तिमीलाई लिएर म सिनेमा बनाउँछु भन्नु भएको थियो, अन्ततः त्यो दिन आयो र अहिले म उहाँकै सिनेमा मार्फत पर्दामा लिड रोलमा आउने तयारीमा छु,’ आमेश भन्छन, ‘यसअघीका केहि सिनेमामा सानो भुमिकामा देखिए पनि ‘‘फूलैफूलको मौसम तिमीलाई’ नै मेरो क्यारियरको डेब्यु सिनेमा हो ।
aamesh handariiiलभर व्वाई भन्दा पनि एक्शन भुमिकामा अभिनयको सोख पालेका आमेशले सिनेमामा काम गर्दाको अनुभव सुनाउँदै रियल लाईफ भन्दा रिलको लाईफ झन गार्हो रहेको बताउँछन् । सुरुमा जस्तो उत्साहित भएर काममा लागिन्छ, त्यो भन्दा क्यामेरा अघी काम गर्दाको क्षण विल्कुलै गार्हो रहेछ, उनले सुनाए । रियल लाईफमा लभ गर्दा र ‘रिल’मा लभ गर्दा पनि भिन्नता पाएँ, आमेशले हाँस्दै भने, ‘वास्तविकतामा त दुई तर्फी माया प्रेम जोडियो भने अघी बढिन्छ, तर पर्दामा त गर्लफ्रेण्डको केयर गर्न गुण्डा तथा दुश्मनलाई परास्त गरेर अघी बढ्नुपर्ने झन मुश्किल  नी !’ त्यसैले त मैले लभर भुमिकामा काम गर्न पनि फाईट र एक्शन अपरिहार्य पाएँ ।’

अभिनेता बन्न अरुमा भन्दा केहि पृथक प्रस्तुती दिन सक्ने क्षमता हुनेहरुले छिटो अवसर पाउने आमेशको बुझाई छ । अभिनय मात्र गर्ने अनि फाईटमै मात्र जम्छु, जस्ता सोच लिने ईन्डस्ट्रीमा धेरैछन, आमेश भन्छन, ‘अभिनयसँग काममा आउने अन्य कुनै विषयमा दख्खल छ भने त्यो व्याक्तीले अवसर पनि पाउँछ र केहि गर्छ पनि ।’
aamesh bhandari1
‘कोहि कोही जस्तो बन्छु भनेर अघी बढेका त्यसले प्रगती गर्ने अवस्था पनि कम देख्छन उनी । ‘यहाँ राजेश हमाल बन्छु, भुवन केसी बन्छु भन्नेहरु पनि धेरै साथीहरु भेट्छु आमेश भन्छन, ‘तर फलानो जस्तै बन्छु भनेर अघी बढेर हुँदैन, उहाँहरुको हाईट फरक हो, त्यसैले फलानोजस्तो बन्छु भन्नुभन्दा पनि उनको लेभलको ‘हाईट’ बनाउन र सोही अनुसार स्थापित हुन्छु भनेर अघी बढ्नुपर्छ ।‘

घरमा बाबु आमाको बिजनेशमेन बनाउने चाहाना सँगै सिनेमा प्रति पनि मन रहेको सुनाउँदै मनको चाहाना पुरा गर्न सिनेमा र म्युजिक क्षेत्रमा होमिएका आमेश अहिले भने घरपरिवारको सपोर्टबाट थप हौशला मिलेको बताउँछन् । घर परिवारको साथ र सपोर्टकै कारण अहिले यहाँ छु । उनले भने, ‘बरु बाहिर म नर्मल छु तर घर भित्र झन सेलिब्रेटीको लाईफ चल्छ मेरो ।’ सिनेमामा अभिनय गर्दाको दिनबाट नै थप हौशला र साथ घरबाट मिलेको भन्दै उनले घरमा ‘बाबु आमाले हिरो छोरो’को उपमा दिएको सुनाउँदै त्यसले काममा अघी बढ्न थप जाँगर थपेको खुसी हुँदै आमेशले सुनाए ।

संयोग अर्को के छ भने आमेशकी प्रेमिका नीता ढुङ्गाना अहिले नेपाली सिनेमा उद्योगकी उदयीमान तथा प्रतिभावान अभिनेत्रीमा गनिन्छिन् । त्यसले पनि सिनेमाको अभिनय बुझ्नको लागी उनलाई अन्त कतै धाउनुपर्ने अवस्था छैन । भने अर्को संयोग प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तं म र उ’मा आमेश नीतासँग नै अनस्क्रिन रोमान्समा छन् भने ‘फूलैफूलको मौसम तिमीलाई’मा पनि उनको अपोजिटमा नीता नै छिन् । केहि समय पहिलेको प्रेम सम्बन्धलाई गुपचुप अघी बढाएको यो जोडी गत महिना मात्रै आफ्नो प्रेमको बारेमा खुलेको थियो ।

नीताको अभिनय खुबै मन पराउने आमेशले सुरुमा दुबै जना अभिनयमा नआउने सोच रहेपनि पछी मन बदलिएपछी एउटै फिल्डमा आएको सुनाए । ‘नीता जी एक लेभलमा धेरै अघी हुनुन्छ, म म्युजिक फिल्डमा लागेको मान्छे भर्खर मात्र सिनेमामा करियर सुरुवातीको अवस्थामा छु, आमेशले भने ‘एक जना केहि स्टेप अघी बढिसकेको तथा अर्को भर्खर पहिचान बनाउँदै गरेको अवस्थामा अफ्ठ्यारो त पर्दैन भन्ने बारेमा पनि हामी सचेत थियौँ  र अन्त्यमा मेरो पनि सोख रहेको क्षेत्र नै रोजियो, अहिले सँगै काम गर्न पाउँदा मनमा पनि उर्जा अनि काममा पनि उर्जा मिलेको छ, मुसुमुसु हाँस्दै उनले सुनाए ।aamesh on snow‘फूलैफूलको मौसम तिमीलाई’मा काम गर्दा गर्दै केहि निर्माता निर्देशकबाट सिनेमाको लागी अफर आएको सुनाउँदै उनले मन बुज्दो स्कृप्ट र राम्रो ब्यानरबाट आएको अफरलाई मात्रै स्विकार गर्ने उनले बताए । अहिले करियरको सुरुवाती दिन रहेकोले अहिले नै जुन पनि सिनेमा गर्दै अघी बढ्दा अभिनय यात्रामा धक्का पुग्न सक्नेमा उनी सचेत छन् ।
अब नयाँ सिनेमामा एक्शन भुमिकामा देखिने आमेशको सोच छ । एक्शन भुमिकाको लागी अहिले तयारीमा छु, क्लव जाने जीम देखी हरेक कामको लागी तयारीमा व्यस्त छु आमेशले भने, ‘सिनेमाको अभिनयको लागी चाहिने हरेक कामको लागी ‘फिट’ हुने मेरो सोच हो ।’ भद्र स्वभावका उनी निर्देशक डिसीसँग नै काम गर्ने बढी चाहाना राख्छन् । अहिले सिनेमा लाईको हरेक कामको लागी अभिभावक भनेकै उहाँ हो, कामको लागी सँधै हौसाउनु हुन्छ, दिनेश दाईसँगै आगामी दिनमा पनि सँगै हुन्छु भन्ने विश्वास छ ।

नेपाली सिने उद्योगमा प्रवेश गर्ने र स्थापित हुने सोच राख्नेहरु कमी छैनन् । आवश्यक छ त काम प्रतिको लगाव अनि उसको अभिनय क्षमता । त्यसैले आमेशको पनि अहिले देखिएको जोश र जाँगरले सँधै निरन्तरता पाउँदै जाओस, अनि उनको सोच अनुसार सफलता हात पर्दै जाओस्, केहि बर्षमा नै स्थापित अभिनेताको रुपमा आमेशको खबर लेख्न पाईयोस,  हाम्रो पनि शुभकामना !

प्रस्तुतीः बैकुण्ठराज पराजुली