'एक्शन ज्याक्शन'को दुबै दिन कमजोर ओपनिङ (वक्सअफिस)

action-jackson-jpgवलिउड स्टार अजयदेवगान स्टारर सिनेमा ‘एक्शन ज्याक्शन’ले वलिउड वक्सअफिसमा कमजोर सुरुवात गरेको छ । ठुलो आशा गरेका फ्यानलाइ निराश पार्दै पहिलो दिन १० करोडको पनि बिजनेश गर्न नसकेको यो सिनेमाको दोश्रो दिनको कलेक्शन पनि सन्तोषजनक रहेन् । यद्धपी आईतवार विदाको दिन रहेकोले कलेक्शनले केहि उचाई लिने आशा जीवितै छ ।

शुक्रवार यो सिनेमाले जम्मा ९ करोड २५ लाखको कलेक्शन गरेको थियो । त्यस्तै दोश्रो दिन शनिवार पनि जम्मा ८ करोड २५ लाखको कारोवार भएको भारतिय मिडियाहरुले जनाएका छन् । एक्शन प्रधान यो सिनेमालाई दर्शकले मध्यम प्रतिक्रिया दिएका छन् ।

अजय र सोनाक्षीसिंह लिड रोलमा रहेको सिनेमाको ट्रेलरको प्रतिक्रियाले सिनेमाले वक्स अफिसमा धुम मच्चाउने आशा धेरैको थियो । यो सिनेमाले नेपाली वक्सअफिसमा पनि खासै प्रभाव जमाउन सकेको छैन् । मल्टिप्लेकस हलमा समेत नेपालमा सिनेमा हेर्ने दर्शकको सहभागिता कम पाईएको छ ।