लाजै नमानी गजित र निश्माले के गरे ! (भिडियो)

gajit and nishma on love you babaआठ बर्षे निर्देशक सौगात बिष्टको निर्देशन रहेको सिनेमा ‘लभ यु बाबा’को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा चन्द्रमणी भट्टराईको शब्द रहेको छ भने डेनी निरौलाको संगीत तथा राजेश पायल राई र रजिना रिमालको स्वर समावेश छ ।

सार्वजनिक गीतमा नृत्य निर्देशन गम्भिर बिष्टले गरेका छन् ।  मंसिर २६ लाई रिलिज मिति तय गरेको सिनेमाको कथा पनि गम्भिरको हो । सिनेमामा गजित बिष्ट, संगम बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी लगायतको अभिनय छ । सिनेमाले बाबु र छोरी बीचको पारिवारिक कथा बोल्छ । विश्वकै कम उमेरको निर्देशकको रुपमा गिलिज वर्ल्ड रेकर्डको तयारीमा रहेका सौगातको यो सिनेमा अहिले सिनेबृतमा चर्चामा छ ।

भिडियोः