चाइल्ड केयरमा किताब बाँड्दै निशा !

चलचित्र ‘हाउ फन्नी’को छायाँकन सुरु भएको छ । शनिवार बनस्थली स्थितएभेरेस्ट चाइल्ड केयर होममा यो सिनेमाको पहिलो दृश्य क्यामेरा कैद गरियो । सिनेमाको पहिलो ‘सट’को लागी चलचित्र विकास वोर्ड सदस्य तथा निर्देशक सुरेशदर्पण पोखरेलले क्ल्याप ठोकेर सुटिङ सुभारम्भ गरेका थिए । how funny निलु डोल्मा शेर्पाको निर्देशनमा तयार हुने यो सिनेमाकी कार्यकारी निर्माता पुर्व मिस नेपाल माल्भिका सुब्बा रहेकी छिन् । यो सिनेमा मार्फत मल्भिका सिने उद्योगमा प्रवेश गरेकी हुन् । सिनेमामा दयाहाङ राई , प्रियंका कार्की , निशा अधिकारी , केकी अधिकारी , अनुप बिक्रम शाही र शिशिर राणाको अभिनय रहने छ । सिनेमालाई हरी हुमागाँईले खिच्दैछन् ।

शान बस्न्यातको पटकथा तथा संवाद रहेको यो सिनेमाको सुरुवाती सुटिङ निशाको अभिनयबाट गरिएको छ । उनले बच्चाहरुलाई पाठ्य सामग्री वितरण गरेको सट् सिनेमाको लागी कैद गरियो ।nisha on how funny