कल्पनाले कसरी मख्ख पारिन् भमरालाई ? (भिडियो)

singer kalpanaगायिका कल्पना कुसुमले पहिलो एल्बम् ‘भमरा’ ल्याएर सांगितिक यात्रा थालेकी छिन्। बुटवलमा रहेर लामो समयदेखि सांगितिक क्षेत्रमा क्रियाशिल कल्पनाले संगीतको औपचारिक यात्रा भने भर्खर थालेकी हुन्। उनी भन्छिन्, ‘संगीतमा पहिल्यैदेखि रुची थियो, सोही अनुसार अहिले एल्बम नै तयार पारें ।’

लामो साधनापछि मात्रै आफूलाई अघि सारेकी हुँ।’ पढाइ सकेर मात्रै सांगितिक यात्रा थाल्ने लक्ष्यका कारण पनि केही ढिलो सांगितिक क्षेत्रमा आएको बताइन्। स्नातकोत्तर तह उत्तीर्ण गरेकी कल्पना पेशाले शिक्षिका हुन्। रन्जना म्यूजिक कम्पनीले बजारमा ल्याएको एल्बम्मा शब्द पुरु लम्साल, संगीत थानेश्वर गौतम र एरेञ्जर आशिष अविरल रहेका छन्।

शीर्ष गीत ‘मख्ख पर्‍यो भमरा’को म्युजिक भिडियो समेत तयार भएको छ । बिशाल भण्डारीले निर्देशन गरेको भिडियोमा पुष्प खड्का र बेनिशा हमालले अभिनय गरेका छन्।

 

गीत हेर्नुहोसः