रोल्पाको द्वन्द्वग्रस्त समाजको कथा अब सिनेमाको पर्दामा

rog rolpa movieनेपालमा १२ बर्षसम्म चलेको शसस्त्र द्वन्द्व अन्त्य भएको बर्षौं हुन लाग्दा पनि अहिलेसम्म त्यसका धेरै घाउ आलो बनिबसेका छन् । यो समयमा द्वन्द्व सुरु भएको मुख्य ठाउँ थियो, रोल्पा । जनताको अधिकार स्थापित गर्ने भन्दै चलेको द्वन्द्व पश्चात सोही समुहका ‘लिडर’हरु सत्तामा पुग्दामा पनि केहि गर्न नसकेको आरोप लागिरहँदा अब भयो यो समयको अवस्था उठान गर्दै नयाँ सिनेमा निर्माण हुने भएको छ ।  पौष १५ देखि छायाँकन प्रारम्भ हुने भनिएको सिनेमा ‘रोल्पा रोग’ले यी र यस्तै प्रकारको विषय उठान गर्ने बताईएको छ ।

निर्माण युनिटले सार्वजनिक गरेको ‘फर्ष्टलुक पोस्टर’ले पनि सिनेमाले द्वन्द्वग्रस्त अवस्थाको उठान गरेको सहजै अनुमान लगाउन सकिन्छ । सम्पुर्ण छायाँकन रोल्पामा गरिने चलचित्रलाई ओस्कार कलेज अफ फिल्म स्टडिजमा अध्ययनरत दिपक ओलीले पहिलो पटक निर्देशन गर्दैछन् । ओलीले यस पुर्व केहि सर्ट फिल्मको निर्देशन गरेका थिए । सिनेमाको कथा पनि निर्देशकको नै हो । ‘रोल्पा रोग’को छायाँकन २५ दिनमा सकाईने निर्माण पक्षको लक्ष्य छ ।

‘सक्छस् देश जोगा, सक्दैनस् ज्यान जोगा’ ट्याग लाईन दिईएको सिनेमामा सञ्चारकर्मी तथा कलााकर शिशिर भण्डारीसँगै कुलद्धिप अधिकारी र जनक थापा लिड रोलमा हुनेछन् । भने अन्य कलाकार फाईनल हुन बाँकी छ ।  सिनेमामा दुई गीतहरु समावेश हुनेछ, जसमध्ये एकमा कलाकार भण्डारीकै शब्द, संगीत तथा स्वर रहनेछ ।