'रङ बैजनी'लाई सञ्चारकर्मीको मिश्रित प्रतिक्रिया

शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘रङ बैजनी’को शुक्रवार नै प्रेस सो गरिएको छ । निर्माण युनिटको आयोजनामा बिग मुभिजमा गरिएको ‘सो’ मा सिनेमाको युनिटसँगै कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थिती थियो ।dikpal and garima

सिनेमा हेरिसकेपछी सञ्चारकर्मीहरुले मिश्रित प्रतिक्रिया दिए । पुराना निर्देशक सम्भु प्रधानको १२ बर्षपछीको निर्देशनमा तयार यो सिनेमा हेर्न सञ्चारकर्मीसँगै केहि सिनेकर्मीहरु पनि हलमा पुगेका थिए । सिनेमामा नुतन प्रधानको कथा तथा लगानी छ ।

गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको लिड अभिनय रहेको यो सिनेमालाई महिला प्रधा भनिएको छ । सिनेमाले एक परिवार भित्रको श्रीमान श्रीमतिको कथा बोल्छ ।

nutan nd garima